आत्मालोचना त कता हो कता उल्टै गुट भेला गरेर धम्काउने?: बाँस्काेटा

काठमाडाैं। पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दै गर्नु सोह्रै आना गलत भएको टिप्पणी गरेका छन्।

शुक्रवार एक ट्वीट गर्दै नेता बाँस्कोटाले हिजोको गल्तीको आत्मालोचना त कता हो कता उल्टै गुटको भेला गरेर संस्थापनलाई धम्की दिएको भन्दै वरिष्ठ नेता माधव नेपालप्रति असन्तुष्टि जनाएका छन्।

उने मुद्दा हारेको झगडियाले २४ घन्टा बर्बराउनु ठिकै भएपनि बाह्र महिना नै बर्बराउनु घामडपन भएको टिप्पणी गरेका छन्।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा