सुनको मुल्य तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघले जनाएको छ।

हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ रहेको थियो। सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ। साथै यता, चाँदीको मुल्य पनि घटेको छ। हिजो एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा हरियाली कायमै