मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

झापा। झापाको दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति सवा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे–९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठोक्किँदा स्कुटर चालक दमक नगरपालिका ८ का ५० वर्षीय ईन्द्र भुजेलको मृत्यु भएको जनाइएको छ।

उनका् लाइफ लाइन दमक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। साथै मोटरसाइकल चालक दमक नगरपालिका ४ का २६ वर्षीय संजोक सुन्दास घाइते भएको र उनको बीएन्डबी अस्पताल बिर्तामोडमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छन्।

अन्य सम्बन्धित समाचार:  विवाहमा १५ जना जन्ती र दुईवटा गाडी लैजान पाइने