कतारले माग्यो नेपाली कामदार, तलब कति?

काठमाडौं। कतारको दोहा शहरमा रहेको आइडेन्टी क्रेटिभ डेसिङ एण्ड कन्ट्राक्टिङ कम्पनीले नेपाली कामदारको माग गरेको छ। उक्त कम्पनीले लेबरका लागि ३ जना, ड्राइभर एक र वर्कर ३ जना गरि जम्म ७ जना नेपाली पुरुष कामदारको माग गरेको हो।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ भने कामदारले तलब खान बस्न सहित करिब २८ हजार देखि ५४ हजार सम्म पाउनेछन्। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ।

करार अवधि २ वर्षे रहेको छ। जान चाहने इच्छुक कामदारले पोखरा रिक्रुटमेन्ट प्रा ली सीतापाइला काठमाडौंमा चैत्र ६ गते अन्तरवार्ता दिनु पर्ने छ। स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य घट्यो, तोलाको कति?