बूढानीलकण्ठमा कांग्रेस र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

काठमाडौं। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने जनाइएको छ।

जसपाका शीर्ष नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई भेटेका थिए। उनीहरुले कांग्रेस र माओवादी केन्द्रसँग पनि वार्ता गर्ने निर्णय गरेका थिए।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा सरकार बनाउने कांग्रेस–माओवादीकाे प्रयास असफल