भक्तपुरबाट ४२ लाख अवैध रकम सहित एक जना पक्राउ

सामूहिक

भक्तपुर। भक्तपुरमा स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशलटारमा सडकमा जाँचको क्रममा स्थायी घर दोलखा भई हाल सूर्य विनायक नगरपालिका–३ बालकोट बस्ने सुमन घिमिरेको साथबाट उक्त रकम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले बताए।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ बरामद भएको हो। प्रहरीले त्यो रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले सो रकम जुवातास खेलेर जितेको हुनसक्ने आशंका गरेको छ।

अन्य सम्बन्धित समाचार:  सगरमाथा आरोहण गरेर फर्किने क्रममा दुई जनाको मृत्यु