जन्मिएको बच्चालाई गर्भमै फर्काऊ भनेको के हो?: प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनः स्थापना भए पनि प्रतिगामी षड्यन्त्र जारी रहेको बताए। आज बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा उनले पछिल्लो समय देशमा भएका परिघटनाले अनिष्ट हुने संकेत देखिएको पनि जनाएका छन्।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएको थियो। उनले सर्वोच्चको फैसला जन्मिएको बच्चालाई गर्भमा फर्काउने खालको भएको तर्क गरे।

“जन्मिएको बच्चालाई फेरि आमाको पेटभित्र लैजाने भनेको के हो? अझै के–के अस्वाभाविक घटना हेर्दै जानुपर्ने हो,” उनले प्रश्न गरे।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र महन्थबीच भेटवार्ता, के भयो कुराकानी?