प्रधानमन्त्री ओलीले आफु निकट केन्द्रीय सदस्यहरुलाई बोलाए

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। बालुवाटारमा प्रधानममन्त्री ओली पक्षधर केन्द्रीय सदस्यहरु भेला हुन लागेको एक केन्द्रीय सदस्यले पुष्टि गरे।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन्। यही सन्दर्भमा प्रधानमन्त्री ओलीले अब कसरी अघि बढ्ने? भन्नेबारे रणनीति बनाउनको लागि आज केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाउन लागेका हुन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीट