जसपा संसदीय दलको बैठक सुरु

काठमाडौं। जसपा संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यलयमा जारी उक्त बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइका जसपा संसदीय दलको बैठक सुरु भएको छ। साथै सरकारमा जाने लगायतका विषयमा छलफल हुने जनाइएको छ।

दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएपनि पार्टीका अध्यक्ष महन्त ठाकुरलाई दलको नेता चयन गर्ने गरी तयारी अगाडि बढेको स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रदेश प्रमुखलाई जनमोर्चा सांसद थापाले पठाए तटस्थ रहेको पत्र