अमेरिकन आइडलका ‘अर्थर गन’ले ल्याए नेपाली म्युजिक भिडियो ‘कागबेनी’

काठमाडौं। अमेरिकन आइडलका उपविजेता दिवेश पोख्रेल ‘अर्थर गन’को नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ।

दिवेशको सुमधुर स्वरमा ‘कागबेनी’ नामक म्युजिक भिडियो बिहिबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शब्द पनिउनकै रहेको छ।

गतवर्ष भएको अमेरिकन आइडलको १८औँ शृंखलादेखि दिवेशले जजहरुको मन जित्दै आएका थिए।

उनले सन् २०१८ मा ‘ग्रहण’ नामक पहिलो एल्बम ल्याएका थिए। त्यसपछि उनले ‘खोज’ नामको एल्बम पनि ल्याएका थिए।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!