माधव नेपाल समुहले बनायो समानान्तर कमिटी (सूचीसहित)

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समुहले केपी शर्मा ओली समुहलाई काउन्टर दिन समानान्तर कमिटी बनाएको छ। आज बसेको नेपाल पक्षको केन्द्रीय समिति बैठकले विभिन्न कमिटी बनाएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रदेश १ इन्चार्जको जिम्मा भीम आचार्यलाई दिएको छ। त्यस्तै प्रदेश २ मा घनश्याम भुसाल, वाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनीमा युवराज ज्ञवाली र सुदरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भीम रावललाई दिएको छ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ।

अन्य सम्बन्धित समाचार:  हार्डवेयर पसलमा आगलागी