धारा–धारामा मेलम्चीको पानी आउँछः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी वितरण हुने बताए। अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘कतिपयलाई लागिसकेको थियो कि मेलम्चीको पानी आउँदैन। हामी निरन्तर अघि बढिरहेका छौं। हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, बागमतीमा बगिरहेको देख्नुुभएको छ। केही दिनभित्रै धारा–धारामा पानी आउनेछ,’ उनले भने। नेपालले गरिब देश हुँदाहुँदै पनि अन्य समृद्ध देशको दाँजोमा कोभिड १९ महामारी व्यवस्थापनमा उत्कृष्ट काम गरेको उनको दाबी छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा