प्रचण्ड–नेपाल चुनावमा गए जनताले धुलो चटाउँछन्ः ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले देशलाई अस्थिरतातर्फ धकेल्ने र विकासका क्रमलाई अघि बढ्न नदिने काम गरेको बताएका छन्।

१११औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले विकासका थुप्रै काम गरेको दाबी गरे।

त्यस्तै प्रधानमन्त्री ओलीले ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने जानकारी दिए। साथै उनले जनतामा जाने निर्णय गर्दा विरोध गर्ने प्रचण्ड, माधवहरु चुनावमा गए धुलो चाट्ने टिप्पणी गरे। ‘लोकतन्त्रमा नयाँ जनमतका लागि चुनावमा जाने निर्णय गलत होइन। तर, कसैकसैले चिच्याईं चिच्याईं बिरोध गरे,’ उनले भने, ‘उनीहरु चुनावमा गए धुलो चाट्छन्। जनताले धुलो चटाउँछन्।’

अन्य सम्बन्धित समाचार:  अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने