काठमाडौं। नेकपा एमालेको नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। आज बसेको नेपाल–खनाल पक्षकोे केन्द्रीय समिति बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।
उक्त पक्षको केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता भीम रावलले राष्ट्रिय भेलाबाट नयाँ रणनीति तय गरिने जानकारी दिए।