देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म देशभर २ लाख ७५ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आज देशभर ७२ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर ९१५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। साथै आज देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ३०१४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  एकै दिनमा १२८१ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु