बादलले सम्हाले एमाले बाग्मती प्रदेशको ईन्चार्जको जिम्मेवारी

काठमाडौं। नेकपा (एमाले) को बाग्मती प्रदेशका नवनियुक्त ईन्चार्ज रामबहादुर थापा ‘बादल’ ले आजबाट कार्यभार सम्हालेका छन्। शुक्रवार बसेको एमालेको ओली समुहको केन्द्रीय कमिटीले बादललाई उक्त जिम्मेवारी दिएको हो।

आज बादलले बाग्मती प्रदेश कार्यालय च्यासल, ललितपुरमा प्रदेश इन्चार्जको कार्यभार सम्हालेका हुन्। उक्त अवसरमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, अर्थमन्त्री विष्णु पौडेल, आनन्द पोखरेलको सहभागिता रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए