विप्लव र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ।

फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो। सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख गरिएको छ।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?