स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक पक्राउ

पाैने

काठमाडौं। वीरगञ्जबाट स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर भएका ३६ वर्षीय राजेशकुमार साह पक्राउ परेका हुन्।उनलाई वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित शनिबार पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  तालाबन्दी नखुल्दा सेवाग्राही मारमा