दार्चुलामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला। दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका ६ गणेत भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का ३० वर्षीय अशोक खत्री रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले बताए।

शनिबार गोकुलेश्वरबाट रिठाचौपताका लागि छुटेको सु.प.प्र ०१००२ त ४८३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक चन्दले जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले निर्माणाधीन पुल उडायो