म्यानमारका नागरिकलाई अमेरिकाले अस्थायी बसोबास र काम गर्न अनुमति दिने

काठमाडौं। अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ।

सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।

सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको अमेरिकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले बताउनुभएको छ। यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ।

आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिने उनको भनाइ छ । यो व्यवस्था अस्ति विहिबारबाट आवातजावात गर्नेलाई लागु हुने छ ।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या