आगामी तीन दिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला?

काठमाडौं। देशमा स्थानीय वायु संगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

हाल देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभहागहरुको मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०१ गते (आइतबार)

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभहागहरुको मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभहागहरुको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  सेती नदीमा बेपत्ता युवक परेनन् फेला

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती :  देशको पहाडी भू(भागहरुमा आंशिक बदली  रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा  रहने छ।   प्रदेश नं १ को पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ।

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक बदली  रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  टिपर र बस ठोक्किँदा १७ जना घाइते

राती : देशको पहाडी भूभागहरुमा आंशिक बदली  रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।