रुस: विपक्षी दलका २ सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ

रुसमा विपक्षी दलका नेताहरुले आयोजना गरेको सम्मेलनमा सहभागी २ सय भन्दा बढी नेताहरु पक्राउ परेका छन्।

रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले धरपकड गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले कोरोना महामारीका बीच भेला गरिएको भन्दै पक्राउ गरिएको जनाएपनि नियतबस पक्राउ गरिएको विपक्षी नेताहरुको आरोप छ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको पक्राउ प्रकरणपछि रुसका विपक्षी नेताहरुले मस्को सम्मेलनको आयोजना गर्दै आएको छ।

रुसको स्वतन्त्रताका लागि आयोजना गरिएको सम्मेलनमा सहभागी नेताहरुले राष्ट्रपति पुटिनको कडा आलोचना गर्नुका साथै चुनावी प्रतिस्पर्धामा आउन खुला रुपमा चुनौती समेत दिएका छन्।

रुसमा विपक्षी दलका नेताहरुलाई रुस विरोधी तत्वको संज्ञा दिँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु