कुवेतमा एक नेपालीको मृत्यु

दोहा। बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ।केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो।

गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो। मृतक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि गैरकानुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खुलेको छैन।

मृतकको परिवारसँग सामान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर शव स्वदेश पठाइने  कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। मृतकको घरमा श्रीमती र तीन छोराहरु रहेको बुझिएको छ।