म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर १२ जनाको मृत्यु

 म्यानमारको सैन्य शासक झन क्रुर  बन्दै गएको छ।  सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर १२ जना सर्वसाधारणको हत्या गरेका छन्।

सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए।

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले जनाएको छ। मृत्यु हुनेमा १३ वर्षीय बालक पनि रहेका छन्।

केही हप्ता अघि मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शिर्ष नेतालाई नजरबन्दमा राखिएको छ।