तास खेल्दै गरेका ११ जना दुई लाख रुपैयाँसहित पक्राउ

काठमाडौं। काठमाडौंमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।

जिल्लाको दक्षिणकाली नगरपालिका ३ भञ्ज्याङमा तास खेल्दै गरेका ११ जनालाई नगद २ लाख ६० हजार १ सय ४७ रुपैयाँसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय फर्पिङ जनाएको छ।

प्रहरीकाअनुसार जगन्नाथ कार्कीको घरमा तास खेल्दै गरेका उनीहरुलाई हिजो बेलुकी पक्राउ गरिएको हो।

अन्य सम्बन्धित समाचार:  वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय