माओवादी केन्द्रको बैठकले बादलसहित एमाले प्रवेश गरेका नेतालाई कारवाही गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु नेकपा एमालेमा प्रवेश गरेको भन्दै आज बसेको नेकपा माओवादी केन्द्रको बैठकले सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ। हाल पेरिसडाँडामा बसी रहेको केन्द्रीय समितिको बैठकले रामबहादुर थापा, लेखराज भट्ट लगायतका आधादर्जन बढी सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको जनाइएको छ।

उक्त बैठकले गृहमन्त्री राम बहादुर थापा बादल, गुल्मीबाट निर्वाचित प्रदेशसभा सदस्य दिनेश पन्थी, अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री ऊर्जामन्त्री टोपबहादुर रायमाझी, अर्घाखाँची राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, रुपन्देहीबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपाने, कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित वाणिज्य तथा आपूर्तिमन्त्रीे लेखराज भट्ट, कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित गौरीशंकर चौधरी र सुदुरपस्चिम प्रदेससभामा अछामबाट निर्वाचित सांसद झपट बोहोरा (पुर्व आर्थिम मामिला मन्त्री) लगायत रहेका छन्।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह

त्यसैगरी कन्चनपुर जिल्ला अध्यक्ष बीर वहादुर थापा, बाजुर जिल्ला संयोजक भरत बुढा, केन्द्रीय सदस्य पासाङ शेर्पा लगायत केन्द्रीय स्तरका नेता समेतलाई कारवाही गर्ने जनाएको छ।