कञ्चनपुर सामूहिक बलात्कार प्रकरणः प्रेमीसंग भेट्न जाँदा अबेर भएकाले झुठो बयान

कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा बालीकामाथी सामुहिक बलात्कार नभएको बताइएको छ शुक्रबार अबेर साझँसम्म पुनर्वास नगरपालिका वडा नम्बर २ मोतीबस्ती बस्ने १४ बर्षीय बालीका हराएको खबर प्राप्त भएपछि ती बालीकाको खोजी गरेको थियो।

राती १२ बजे फेला परेकी बालीकाले आफु्लाई ३ जनाले सामूहिक बलात्कार गरेको बयान दिएकी थिइन्। तर बालीकाको सामुहिक बलात्कार नभएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए। बालीकाको प्रेमी भनिने एक किशोरसंग भेट्न जाँदा अबेर भएकाले घरपरिवारको डरले बलात्कार गरेको भनि झुठो बयान दिएको उनले जनाए।

ति किशोरलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु