माओवादीको केन्द्रीय समिति बैठक जारी, हुँदैछन् यी निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। आजको केन्द्रीय समिति बैठकले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि पनि ओलीसँग रहेर एमालेमै लाग्ने निर्णय गरेका नेताहरुका बारेमा निर्णय गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ। साथै नयाँ सत्ता समीकरण, पार्टीका भावी कार्यनीति रणनीतिका बारेमा पनि आजको बैठकमा छलफल गर्ने तयारी माओवादीले गरेको छ।

गृहमन्त्री राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायतका नेताहरु माओवादीमा नफर्किएर ओलीकै पक्षमा लागिरहेका छन्। माओवादीको शनिबारको स्थायी समिति बैठकले ती नेताहरुलाई आफ्नो लाइन स्पष्ट पार्न २४ घण्टाको समय दिएको थियो।

अन्य सम्बन्धित समाचार:  माओवादी नभए पनि देश चल्छ: प्रदीप कुमार ज्ञवाली