उद्योग सङ्गठन मोरङमा प्याकुरेल

विराटनगर। सुयश प्याकुरेलका अध्यक्षतामा उद्योग सङ्गठन मोरङको १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। सङ्गठनको शनिबार सम्पन्न ४८औँ साधारणसभाले १७ औँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष प्याकुरेल सर्वसम्मतिबाट छानिएका हुन।

विसं २०२४ मा उद्योगी जुद्धबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित सङ्गठनको कार्यसमिति १७ सदस्यीय हुने प्रावधान छ। कम्तीमा एक महिलासहित तीन सदस्य अध्यक्षले मनोनयन गर्ने छन्। कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका तथा उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल एवं कोषाध्यक्षमा विपीन काबरा निर्विरोध छानिएका छन्। सदस्यमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री राजन, पारस लनियाँ र सुनिलकुमार धनावत सर्वसम्मतिले निर्वाचित भएका सङ्गठनले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु