नेपाली आकाशमा थपिँदै नयाँ एयरलाइन्स

काठमाडौं। दुर्गम क्षेत्रमा उडान अनुमतिको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शिवम् एयरलाइन्सले आवेदन दिएको छ। मन्त्रालयका अनुसार नेपालका पहाडी तथा हिमाली क्षेत्रमा उडानको प्रस्ताव गरेको हो।

दिनेश आचार्य संस्थापक रहेको कम्पनीले आवेदन दिएपछि मन्त्रालयले अध्ययनको लागि कार्यदल बनाएको छ। उक्त समितिको अध्ययन सिफारिसको आधारमा नयाँ एयरलाइन्सलाई अनुमति दिने वा नदिने भन्ने विषयमा मन्त्रालयले निर्णय गर्छ।

हाल दुर्गम क्षेत्रमा तारा एयर, सीता एयर, समिट एयरले उडान गर्दै आएका छन्। बुद्ध एयरले आगमी वर्षभित्र दुर्गममा उडानको लागि नयाँ जहाज भित्र्याउने घोषणा गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते