उथलपुथल हुने गरी विकासका काम गरेका छौँः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा उथलपुथल हुने गरी विकास गरेको बताए। देशका २१० वटा पालिकाको केन्द्र जोड्ने सडक निर्माणको एकसाथ शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

हामीले यो तीन वर्षमा उथलपुथल हुने गरी काम गरेका छौँ, सम्बोधनका क्रममा उनले भने, देशलाई खुला दिसामुक्त बनाएका छौँ। तुइन हटाएर झोलुंगे पुल हालेका छौँ, हजारौँ किलोमिटर सडक बनेका छन्। उनले देशमा तीव्र गतिमा विकास भएको पनि बताए। विकासको यो गतिले देशलाई समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पनि र्पुयाउने उनले बताए। उनले नेपालका सडकहरू अझै पनि बहादुर गोरखालीले मात्रै गाडी गुडाउन सक्ने खालका रहेका बताए।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने