प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित्कालका लागि स्थगित्

काठमाडौं। प्रदेश नम्बर १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठक अनिश्चित्का लागि स्थगित् भएको जनाइएको छ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि