सिराहामा बम विष्फोटः गोइत समूहको पर्चा भेटियो

काठमाडौं। सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत पक्षको पर्चा भेटिएको छ।

बम विष्फोट भएको स्थानमा सो पक्षकोे पर्चा भेटिएका कारण सोही पक्षले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। आज दिउँसो भएको उक्त विष्फोटमा परी सात जना घाइते भएका छन्। घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली सर्वदलीय बैठकमा सभामुखमाथि खनिए, संसदलाई बन्धक बनाएको आरोप