सेयर बजार ५१ अंकले घट्यो

काठमाडौं। साताको पहिलो दिन आज सेयर बजारको परिसूचक नेप्से ५१ अंकले घटेको छ। उक्त अंकको गिरावटपछि परिसूचक २४०७ अंकमा झरेको छ। आज ४ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। होटल तथा पर्यटन र जलविद्युत बाहेकका सबै समूह घटेका छन्। होटल तथा पर्यटन समूह ६१ अंकले बढ्यो भने जलविद्युत समूह ४७ अंकले बढेको छ।

बैंकिङ ३२, ब्यापार २१३, विकास बैंक ३७, फाइनान्स १८, निर्जीवन बीमा ३७४, उत्पादन ९६, अन्य ९६, माइक्रोफाइनान्स ९०, जीवन बीमा ४५३ र लगानी समूह २ अंकले घटेका छन्। यता चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य ८० रुपैयाँ बढेर प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ। त्यस्तै माथिल्लो तामाकोसीको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ।

अन्य सम्बन्धित समाचार:  सेयर बजारमा ऐतिहासिक रेकर्ड

सो कम्पनीको मूल्य प्रतिकित्ता ५८ रुपैयाँ बढेर ६४७ रुपैयाँ कायम भएको छ। पन्चकन्या माइ हाइड्रोपावर र घलेम्दी हाइड्रोको मूल्य पनि १० प्रतिशतले बढेको छ। रैराङ हाइड्रोपावरको मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ३६२ रुपैयाँ कायम भएको छ। १० प्रतिशत मूल्य बढेको माथिल्लो तामाकोसीको सबैभन्दा बढी ४४ करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै इन्फ्रास्ट्रक्चर बैंकको २७ करोडको कारोबार भयो। यो कम्पनीको मूल्य भने ८ रुपैयाँ घटेर प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ। हिमालय पावर पार्टनर कम्पनीको मूल्य भने १० प्रतिशतले नै घट्यो।