लहान बम विस्फोट अपडेटः गम्भीर घाइतेलाई काठमाडौं ल्याइदै

काठमाडौं। सिरहाको जिल्ला मालपोत कार्यलय लहानमा बम विस्फोटमा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। बम विस्फोटमा गम्भीर घाइते भएका दिनेश कुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं रिफर गरिएको जनाइएको छ।

उक्त बम विस्फोटमा ८ जना घाइते भएका छन्। प्रहरीका अनुसार घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ। मध्यान्न करिब १२ः४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटना: मृतक मध्ये ४ जनाको सनाखत