देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७५ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ७७ जना कोरोना संक्रमित निको भएको छन् भने हाल देशभर ८९१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। आज देशभर कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु