लहान बम विष्फोट घटनाको जिम्मा गोइत समूहले लियो

काठमाडौं। सिरहा जिल्लाको मालपोत कार्यालय लहानमा भएको बम विष्फोट घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। आज सिरहाको मालपोत कार्यालय लहानमा भएको प्रेसरकुकर बम विष्फोटमा परी ८ जना घाइते भएका थिए। उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्।

आज एक विज्ञप्ति निकालेर मोर्चाले भ्रष्टाचार जारी रहे योभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। साथै यो घटनाबाट उत्पन्न सबै दुष्परिणामको जिम्मा नेपाल सरकार र प्रदेश सरकार हुने पनि उसले जनाएको छ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर भएको उक्त विज्ञप्तिमा नेपाली औपनिवेशिक शाशकबाट उन्मुक्ति नहुन्जेल लडिरहने प्रतिबद्धता पनि गरेको छ।

 

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै