काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेकपा एमाले नेपाल–खनाल पक्षले निर्वाचन आयोगमा निवदन दर्ता गराएको छ। प्रधानमन्त्री ओलीले शुक्रवार एकलौटी गरेको निर्णय आफुहरुलाई मान्य नहुने भन्दै त्यसलाई कार्यान्वयन नगर्न उनिहरुले आयोगलाई आग्रह गरेका छन्।
माधवकुमार नेपाल, झलनाथ खनाल लगायत ११ जना पदाधिकारीले हस्ताक्षर रहेको पत्रमा अध्यक्ष ओलीको निर्णय पार्टी विधान विपरित रहेको आयोगलाई जानकारी गराइएको छ। आयोगलाई बुझाएको निवदेन पत्रमा पार्टी विधानको धारा १३ र १३ क ले पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने ब्यवास्था रहेको स्मारण गराउदै सो निर्णय कार्यान्वय नगर्न आयोगलाई आग्रह गरिएको छ।