तनहुँमा ६ फरार प्रतिवादी पक्राउ

तनहुँ। तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ। विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो। बहुविवाह र अंश मुद्दाका दुई–दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक÷एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरार प्रतिवादी पक्राउमा परेको छ। प्रहरीले चालू आर्थिक वर्षमा ३६६ फरार प्रतिवादी पक्राउ गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो