आर्सनलले टोटेनहमलाई हरायो

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सिमित टोटेनहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो।

खेलको ३३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए।

तर, खेलको ४४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए।

त्यसपछि खेलको ६४ औं मिनेटमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए।

यस्तै खेलको ७६ औं मिनेटमा लामेलाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो

यस जितसँगै आर्सनलले २८ खेलमा ४१ अंक जोडेको छ। आर्सनल लिगको दशौँ स्थानमा रहेको छ।

टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा रहेको छ।