भारतको प्रभावशाली खेल, इङ्ल्यान्ड सात विकेटले पराजित

भारत र इङ्ल्यान्डबीचको दोस्रो टी२० क्रिकेटमा भारत सात विकेटले विजयी भएको छ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित ७३ रन बनाएका थिए। उनले तीन छक्का र पाँच चौका हिर्काएका थिए।

अर्का युवा खेलाडी इसान किशनले ३२ बलमा ५६ रन बनाएका थिए भने रिषभ पन्त १३ बलमा २६ रन बनाएर आउट भएका थिए। केएल राहुल खाता खोल्न नपाई पहिलो ओभरमै आउट भएका थिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

इङ्ल्यान्डका लागि जेसन रोयले ४६, जस बटलरले ०, डाविड मलानले २४, जोनी बेयरस्टले २०, इअन मोर्गनले २८, बेन स्टोक्सले २४, साम कुरानले ६ र क्रिस जोर्डनले ० रन बनाएका थिए।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा

भारतीय बलर वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले समान २–२ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र युजवेन्द्र चहलले पनि समान १–१ विकेट लिएका थिए।

यो जितसँगै ५ म्याचको यो शृंखलामा १–१ भएको छ।