अमेरिकाको सिकागोस्थित एक पार्टीमा गोली प्रहारबाटदुईजना मारिएका छन्। अरु १५ जना घाइते छन्।
प्रहरीका अनुसार पार्टी दुई कम्पनीको नामबाट आयोजित थिए।
सिकागो ट्रिब्युनका अनुसार गोली प्रहारको कारण अझै खुल्न सकेको छैन। घटनामा घाइते हुनेमध्ये २० देखि ४० वर्ष समूहका छन्।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्ने प्रतिवद्धता जाहेर गरेको छ। साथै घाइते हुनेहरुको बारेमा पनि पूर्ण विवरण सार्वजनिक भएको छैन।
प्रहरीका अनुसार घटनास्थलमा चारवटा हतियार समेत भेटिएका थिए। यसअघि पनि अमेरिकाका विभिन्न स्थानमा यस्ता प्रकृतिका गोली प्रहार हुने गरेका थिए। घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ। मृतकको संख्या बढ्नसक्ने पनि प्रहरीले जनाएको छ।