पश्चिमी वायुको प्रभावः पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली

अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिनभर कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते