म्यानमारमा रक्तपात, शुरक्षाफौजले गोली चलाउँदा थप ३८ प्रदर्शनकारीको मृत्यु

सेनाले डेढ महिना अघि सत्ता हातमा लिएपछि म्यानमारमा रक्तपात रोकिएको छैन। त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा हिजो एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन्।

हिजोको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो।

प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए। यस्तै चिनियाँ व्यवसायीमाथि हमला भएको भन्दै सेनाले यङ्गुनका केही क्षेत्रमा सैन्य कानुन लागू गरेको छ।

म्यानमारमा रक्तपातका कारण १०० भन्दा बढीको ज्यान गइसकेको छ। हज्जारौं घाइते भएका छन्। सेनाले नेत्री आङ सान सुकीलगायतलाई नियन्त्रणमा लिइ शासन आफ्नो हातमा लिएपछि कतिपय सांसदहरु भूमिगत भएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार