करणी गरी गर्भ बोकाएको आरोपमा पक्राउ

सामूहिक

काठमाडौं। किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजना पक्राउ परेका छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिक–१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो।

पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक(पटक करणी गरी गर्भ बोकाएको आरोप छ। घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।