माओवादी केन्द्रको बैठक आज पनि बस्दै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। हिजोबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो। आजको बैठकमा ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने बताइएको छ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राखेका थिए। सात प्रदेशका नेताहरुले प्रदेशको रिपोटिङ गरेका थिए । माओवादी केन्द्रले नामा फेर्ने लगायतका विविध एजेण्डामा छलफल गरिरहेको छ।

सर्वोच्चको फैसालले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने पक्षमा माओवादी छ।

अन्य सम्बन्धित समाचार:  नबोलाएको बैठकमा कसरी जानू: उपेन्द्र यादव

आजै यी तीनदलबीच सत्ता समिकरणका विषयमा छलफल गर्ने तयारी गरिएको छ।