कांग्रेस,एमाओवादी,र जसपाबीच बैठक हुने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच त्रिपक्षीय बैठक हुने भएको छ। जसपा र कांग्रेस, जसपा र माओवादी, कांग्रेस र माओवादीबीच दुईपक्षीय छलफल पटक–पटक भइसकेका छन्।

त्रिदलीय बैठकले नयाँ सत्तासमीकरणको नेतृत्व कुन दलले गर्ने भन्ने तय हुने सम्भावना रहेको बताइएको छ।

सर्वोच्चको फैसलापछि सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किएपछि नयाँ सत्तासमीकरणको प्रयास सुरु भएको हो।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने सुनिश्चित भएपछि ओलीलाई दिएको समर्थन फिर्ता लिने बताए।

उता प्रधानमन्त्री ओली पनि माओवादीले साथ छोडेपछि कसरी सत्ता जोगाउने भन्ने योजनामा रहेका छन्। प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसंग पटक–पटक वार्ता गरेका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता