राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीले आईतबार बेलुका राष्ट्रपति भण्डारीलाई भेटेर करिब डेढ घण्टा छलफल गरेका हुन्।

बालुवाटारले नियमित भनेको भेटमा मुख्यतः मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेस भक्तपुरका पूर्व कोषाध्यक्षको निधनप्रति सभापति देउवाद्वारा शोक व्यक्त