ओली र नेपाल बीच भेट हुँदै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन्। त्यसपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ।

ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो। गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन।

अन्य सम्बन्धित समाचार:  सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँः प्रचण्ड