ओली र नेपाल समुहको वार्ता सुरु

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता सुरु भएको छ। पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच आज धुम्बाराहीमा छलफल सुरु भएको हो।

उक्त वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल समुहबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी छन्।

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ